२८ आश्विन २०८३, बुधबार

पाकिस्तानी प्रख्यात गायिका गुल्नारको गोली हानी हत्या

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan_map_kohat

पेसावर (पाकिस्तान), ५ असार । उत्तरपश्चिम पाकिस्तानी सहर पेसावरमा अज्ञात बन्दुकधारीको आक्रमणमा बुधबार प्रख्यात गायिकाको हत्या भएको समाचार छ । उक्त जानकारी स्थानीय अधिकारीहरुले बिहीबार दिएका छन् ।

गुल्नार नामक ३८ वर्षीया प्रख्यात गायिकाको बुधबार बेलुका उनकै घरमा छिरेर चार बन्दुकधारीले गोली हानेको जनाइएको छ ।

गोली प्रहारपछि उपचारका लागि अस्पताल लगिएकी मुस्कानको नामबाट प्रख्यात ती गायिकाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

गायिका गुल्नारको गोली प्रहारबाट मृत्यु भएको स्थानीय प्रहरीचौकीका प्रमुख रिआजुल हाकले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।

उनको तीन पटकसम्म विवाह भएको र उनको केही व्यक्तिगत शत्रु समेत भएको बताइएको छ ।

महिला कलाकारमाथि पाकिस्तानमा इस्लामिक धर्मको विरुद्ध भएको आरोपमा बारम्बार यस्तै आक्रमण भएको पाइन्छ ।

गत वर्षको जुनमा पनि १८ वर्षीया एक नायिकामाथि सुतिरहेको अवस्थामा एसिड प्रहार गरिएको थियो ।

बसहरा नामकी ती टेलिभिजन नायिक उत्तरपश्चिम पाकिस्तानमा प्रख्यात रहेकी थिइन । रासस / एएफपी