२८ आश्विन २०८३, बुधबार

नाइजेरियामा विश्वकप हेरिरहेको बेला विस्फोटमा हुँदा २१ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nigeria_bornoकानो, (नाइजेरिया), ४ असार । उत्तरी नाइजेरिकाको दामातुरुमा सार्वजनिक स्थलमा विश्वकप फुटबल हेरिरहेका व्यक्तिलाई लक्षित गरी गराएको एक विस्फोटमा २१ व्यक्तिको मृत्यु भएको छ ।
उक्त जानकारी चिकित्सकस्रोतले बुधबार एएफपी समाचार समितिलाई दिएको छ । अस्पताल स्रोतका अनुसार नायी नामा क्षेत्रमा मङ्गलबार राती भएको यस विस्फोटबाट २१ व्यक्तिको मृत्यु भएको र २७ घाइते भएका छन् ।

सार्वजनिकस्थलमा देखाइने विश्वकपको ब्राजिल र मेक्सिको खेल भइरहेको अवस्थामा सो विस्फोट गराइएको थियो । नाइजेरियाली सरकरले यो विस्फोट बोको हराम आतङ्ककारी समूहले गराएको दाबी गरेको छ । सो समूहले सन् २००९ यता नाइजेरियामा भिषण आक्रमण गर्दै आएको छ ।

यस आक्रमणबाट फुटबल हेरिरहेका युवक र बालबालिकाको मृत्यु भएको जनाइएको छ । रासस÷एएफपी