२८ आश्विन २०८३, बुधबार

बन्ने होइन त टिनएजर सुन्दरी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss-teen-idol

काठमाडौं । युवावस्थाका किशोरीमा निहित क्षमता र प्रतिभा उजागर गर्ने उद्देश्यका साथ सुरु भएको ‘मिस टिन आइडल २०१४’ को आवेदन फाराम खुला गरिएको छ।

एक्सन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको प्रतियोगीतामा १५ देखि १९ वर्ष उमेर समूह र कम्तीमा कक्षा १० (सेन्टअप) पास गरेका किशोरीले भाग लिने पाउने छन्। आवेदन फारम एक्सन इन्टरटेनमेन्टको कार्यालय अनामनगरबाट लिन सकिने आयोजकले जनाएका छन्।

सन् २००९ देखि वार्षिक रुपमा ‘मिस मंगोल नेपाल’ र ‘मिस लिटिल आइडल’ आयोजना गर्दै आएको यस कम्पनीले यसै सालदेखि ‘मिस टिन आइडल’ सुरु गरेको हो। प्रतिभावान ‘टिन एजर’ किशोरीका लागि प्रतियोगिता राम्रो प्लेटफर्म सावित हुने आयोजक संस्थाकी प्रबन्ध निर्देशक चन्दा घिसिङले बताइन्। उनका अनुसार असार १३ गतेसम्म आवेदन फारम भर्न सकिने छ भने असार १४ गते अडिसन हुने छ। अडिसनबाट छानिएका किशोरीका लागि असार २१ गतेदेखि प्रशिक्षण सुरु हुने छ। प्रतियोगीताको फाइनल आगामी साउन १६मा हुनेछ।