२८ आश्विन २०८३, बुधबार

गच्छेदारले पाँच करोड मागेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-gacchadar

काठमाडौं । प्रहरीबाट जोगिन राजनीतिक छहारीमा लागेका गुण्डागर्दीका नाइके अर्थात् डनहरूमध्ये केही त सभासद् नै भइसकेका छन् । सभासद् नभएकाहरूले पनि ठुला पार्टीमा महत्वपूर्ण पकड जमाएका छन् ।

तर, आफ्नो शक्ति बढाउन राजनीतिमा लागेका चर्चित डन गणेश लामा भने राजनीतिबाट बिरक्तिएका छन् । भ्रष्ट मधेसी नेता बिजय कुमार गच्छेदारको पार्टीको केन्द्रीय सदस्य बनेका लामा पछिल्लो समय सो पार्टी छाड्ने मुडमा छन् । पैसा बिना कुनै पनि कारोबार नगर्ने गच्छेदारको स्वभावबाट आजित भएर लामाले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) छाड्न लागेका हुन् ।

तीन वर्षअघि थुप्रै काभ्रेली केटाहरू जम्मा गरी ठुलै मोटरसाइकल र्‍याली गरी लामा मधेसी पार्टीमा आबद्ध भएका थिए । त्यसबेला गच्छेदार भौतिक योजना तथा निर्माण मन्त्री थिए, पछि गच्छेदार गृहमन्त्री भएपनि त लामाको पावर अझै बढ्यो, एसएसपीसम्मको सरुवाको सेटिङ मिलाए । डिआईजीहरूले समेत उनको चाकडी गरे ।

तर जब गच्छेदारको पद खुस्कियो, लामाको पनि दुर्दशा सुरु भयो । बुबा पाल्साङ लामालाई समेत मधेसी पार्टीमा लगेका उनले फोरमको लागि धेरै नै दु:ख गरेका थिए । काभ्रेका जिल्ला कमिटी बनाएर चारै क्षेत्रमा संगठन विस्तार गरे । दोस्रो संविधानसभा चुनावमा काभ्रेको क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत बनेका उनले झन्डै पाँच हजार भोट ल्याएर धेरैलाई चकित बनाए । मधेसी पार्टीबाट पहाडी जिल्लामा पाँच हजार भोट ल्याउन सजिलो थिएन ।

ganesh-lama

आफू सभासद् हुन नसकेपछि बुबालाई समानुपातिकतर्फबाट सभासद् बनाउने उनको सपना थियो । पार्टी अध्यक्ष गच्छेदारले त्यसमा आश्वासन पनि दिएका थिए । तर पछि गच्छेदारले पार्टीका लागि एक करोड दिए मात्र सभासद् बनाउने बताए । एक करोड बुझाउन पनि उनी तयार भएका थिए । तर पछि गच्छेदारले घुमाउरो पाराले पाँच करोडको प्रस्ताव राखेपछि लामा झस्किएका थिए । पछि धेरै पैसा दिने दुई बिद्यालयका सञ्चालकलाई गच्छेदारले सभासद् बनाए ।

त्यसयता गच्छेदार र लामाको दोस्तीमा दरार आयो । गच्छेदार सुशील कोइरालाको सरकारमा पनि जान सकेनन्, शक्तिविहिन भएपछि सम्बन्ध चिसिदै गयो ।

पार्टीमा आफ्नो योगदानको कुनै मतलब नगरे, पैसामा बिकेको भन्दै लामाले पार्टी छोड्न लागेको स्रोत बताउछ । बरु ठुलो पार्टी कांग्रेसमा आबद्ध हुनका लागि उनले केही नेताहरूसँग कुराकानी थालेका छन् । लामाको पारिवारिक राजनीतिक पृष्ठभूमि भने राप्रपा नेपालसँग निकटता छ । पछि जनशक्ति पार्टी हुदै एक समय कांग्रेसमा पनि नजिकिएका थिए । तर ठुलो पद पाइने भएपछि उनी फोरमा छिरेका हुन् ।

तीन साताअघि लामालाई एसएसपी रमेश खरेलले पक्राउ गर्दा पनि छुटाउन गच्छेदारले कुनै पहल गरेनन् । लामा आइतबार जम्मा १० हजार धरौटीमा छुटेका छन् ।