२८ आश्विन २०८३, बुधबार

सुदर्शनलाई छोएर के भन्दैछिन् रेखा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha-Sudarsan

काठमाडौं । सहरमा रेखा थापा र सुदर्शन गौतमको रियल प्रेमकथाले चर्चा पाइरहेको बेला उनीहरुले रिल रोमान्स गरेको फिल्म ‘हिम्मतवाली’को नयाँ गीत रिलिज गरिएको छ। ‘छोएर म तिम्रो… क्या गजबको माया… ’ बोलको गीतमा रेखाले दुवै हात नभएका सुदर्शनप्रतिको आफ्नो प्रेमभाव पोखेकी छिन्।

बसन्त सापकोटाको संगीत रहेको यो गीतमा राजेश पायल राई र मनिषा पोखरेलको स्वर सुन्न सकिन्छ। एकनारायण भण्डारीले लेखेको यो गीतको एक लाईनमा सुदर्शन भन्छन्, ‘मसँग हिँड्दा पनि तिम्रो बद्नाम होला, दुनिँयाले कुरा काट्लान्, तिम्रो मन रोला।’ रमाइलो संयोग कस्तो भने यी पङ्ती दुवैको वास्तविक जीवनमा पनि उत्तिकै खेल खाएको छ । सुदर्शनसँगको सम्बन्धका कारण बजारमा रेखाको विभिन्न टिकाटिप्पणी सुनिन्छ। उत्कृष्ट शब्द, संगीत र स्वरसँगै कोरियोग्राफी र सुन्दर लोकेशनका कारण गीतलाई औसतभन्दा माथिल्लो दर्जामा राख्न सकिन्छ तर राजेश पायलको स्वरसँग सुदर्शनको एक्सप्रेसन म्याच नहुँदा केही खल्लोपन महसुस हुन्छ।

फुलपातीमा रिलिज हुने ‘हिम्मतवाली’ रेखाको पहिलो निर्देशनका कारण पनि थप प्रतिक्षिति बनेको छ।