२६ कार्तिक २०८३, बिहिबार

पश्चिमी वायुको आंशिक प्रभाव कमजोर हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको आंशिक प्रभाव क्रमशः कमजोर हुँदै जाने जनाएको छ ।

हाल देशभर देखिएको पश्चिमी वायुको आंशिक प्रभाव क्रमशः कमजोर हुँदै गएको महाशाखाले जनाएको हो ।

विशेष गरी तराई क्षेत्र र भारतको उत्तर प्रदेशतिर न्यून चापीय प्रणाली विकसित भएकोले बुधबार बागमती प्रदेश र काठमाडौं उपत्यकामा वर्षा भएको मौसमविद् विष्णु घिमिरेले बताए ।

हालसम्म पश्चिमी वायुको प्रभावले गर्दा पानी पर्ने सम्भावना हल्कादेखि मध्यमसम्म रहे पनि भारी वर्षा हुने सम्भावना नरहेको उनले बताए । साथै, उनले पूर्वीभन्दा पश्चिमी उच्च पहाडी क्षेत्रमा र हिमाली क्षेत्रमा बढी हिमपात हुने देखिएको जानकारी दिए ।