२१ कार्तिक २०८३, शनिबार

एनपीएल : काठमाडौंविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत अहिले साविक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्दैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेको हो ।

लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रेको छ ।

चार खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।

काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ ।

काठमाडौं पनि आजको खेल जितेर दोस्रो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ ।