२० कार्तिक २०८३, शुक्रबार

एमएडब्लु अर्थमुभर्सद्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज । नेपालमा जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले पश्चिम नेपालका ग्राहकहरूका लागि आफ्नो उत्पादनको दायरा विस्तार गर्दै नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक गरेको छ । कम्पनीद्वारा आयोजित ‘पार्टनर इन प्रोग्रेस’ कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरिएको हो ।

कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसी, महासंघ केन्द्रीय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल तथा एमएडब्लु अर्थमुभर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा जेसीबी एग्रीम्याक्सको आधिकारिक अनावरण गरेका थिए ।

कम्पनीका अनुसार जेसीबी एग्रीम्याक्स सामग्री ह्यान्डलिङ कार्यका लागि डिजाइन गरिएको बहुउपयोगी मेसिन हो । बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्प जस्ता परिवर्तनीय एट्याचमेन्टसहितको यो मेसिन कृषि, प्लाइउड उद्योग, आरएमसी तथा क्रसर प्लान्ट, ढुंगागिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योग, साथै प्लान्ट एन्ड हायर व्यवसायलगायत विभिन्न क्षेत्रमा उपयोगी छ ।

कार्यक्रममा जेसीबी ३डीएक्स सुपर, जेसीबी २२५ एलसीएम एक्साभेटर र जेसीबी जेनसेट पनि प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा १० जना ग्राहकलाई जेसीबी मेसिन हस्तान्तरण गरिएको थियो ।

एमएडब्लु अर्थमुभर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकहरूलाई मेसिनको साँचो हस्तान्तरण गरेका थिए ।