२० कार्तिक २०८३, शुक्रबार

मधेश सरकारबाट बाहिरियो नेकपा, चार मन्त्रीले दिए राजीनामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी नेकपाका चारजना मन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र गृहसञ्चार तथा कानुन मन्त्री फकिरा महतो रहेका छन् ।

राजनीतिक निकासको लागि राजीनामा बुझाएको मन्त्रीहरूले पत्रमा उल्लेख गरेका छन् । यस्तै सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि नेकपाले फिर्ता लिएको छ ।