१७ कार्तिक २०८३, मंगलबार

पोखरामा राजस्व व्यवस्थापन कार्यालय स्थापना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ ।

मंगलबार पोखरामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजस्व व्यवस्थापन कार्यालयको उद्घाटन गरेका हुन् ।

राजस्व व्यवस्थापन कार्यालय शुभारभ गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको विकास र समृद्धिका लागि राजस्व संकलन र व्यवस्थापन गरी प्रदेशलाई सक्षम बनाउनका लागि कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

राजस्व व्यवस्थापनका लागि प्रदेशको आफ्नै कार्यालय नहुँदा विविध समस्या झेल्नुपरेको भन्दै उनले अब राजस्व चुहावट रोकिने र प्रदेशको राजस्व वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशको विभिन्न क्षेत्रबाट प्रप्त हुने राजस्व र संघ सरकारबाट प्रप्त हुने बजेटले प्रदेशको समृद्धिमा टेवा पुर्‍याउनका लागि राजस्व व्यवस्थापन कार्यालयबाट प्रभावकारी काम हुने बताए ।