१७ कार्तिक २०८३, मंगलबार

रास्वपा सांसदका पीए सरकारी सञ्चारमाध्यमको जिल्ला संवाददाता !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका निजी सचिव (पीए) पुरुषोत्तम सुवेदी सरकारी स्वामित्वको राष्ट्रिय सञ्चारमाध्यम गोरखापत्र दैनिकको जिल्ला संवाददाता नियुक्त भएका छन्।

पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट निर्वाचित रास्वपा सांसद विक्रम खनालका निजी सचिव सुवेदीलाई गोरखापत्रको नवलपरासी जिल्ला संवाददाता नियुक्त गरिएको हो।

सांसदको सचिवालयमा राजनीतिक जिम्मेवारी निर्वाह गरिरहेका व्यक्ति राज्यको स्वामित्वमा रहेको राष्ट्रिय सञ्चारमाध्यमको जिल्ला संवाददाता नियुक्त भएपछि पत्रकारिताको व्यावसायिक निष्पक्षता, स्वतन्त्रता र स्वार्थको द्वन्द्वबारे गम्भीर प्रश्न उठेको छ।

सुवेदी प्रेस युनियनका केन्द्रीय सदस्यसमेत हुन्। उनले गत निर्वाचनका क्रममा नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए।