काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले लगातार तेस्रो हार ब्यहोरेको छ ।
मंगलबार सम्पन्न खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर ५० बल बाँकी छँदै भेट्टायो । जसमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान गरे । पोखराका विपिन खत्रीले १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो ।
जसमा चमिका करूणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २ विकेट लिए ।
यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो ।












प्रतिक्रिया