१५ कार्तिक २०८३, आइतबार

एनपीएल : पोखराले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै जनकपुर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान कुशल भुर्तेलले टस जितेका हुन् ।

हर्मित सिंह कप्तान रहेको जनकपुर बोल्ट्सले सुरुमा ब्याटिङ गर्नेछ ।

जनकपुर दोस्रो जितको खोजीमा छ ।

पोखरा भने पहिलो जित निकाल्ने योजनामा छ । दुवैलाई आजको खेल निकै महत्वपूर्ण छ ।