१५ कार्तिक २०८३, आइतबार

लिफ्ट दिने बहानामा नाबालिग छात्रालाई स्कार्पियोभित्र बलात्कार

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । भारतको बिहार राज्यस्थित शेखपुरा जिल्लामा कोचिङबाट घर फर्किरहेकी एक नाबालिग छात्रामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।

प्राप्त विवरणअनुसार, कोचिङबाट घर फर्किने क्रममा रहेका छात्रालाई एक युवकले लिफ्ट दिने बहानामा आफ्नो स्कार्पियो गाडीमा बसाएका थिए। त्यसपछि बाटोमै मौका छोपेर आरोपीले गाडीभित्रै छात्रामाथि जबर्जस्ती करणी गरेको बताइएको छ।

घटनापछि शेखपुरा सहरमा त्रास र आक्रोश फैलिएको छ।

नाबालिग छात्रालाई लिफ्ट दिने बहानामा गाडीमा राखेर जबर्जस्ती करणी गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले घटनाको करिब १२ घण्टाभित्रै फरार आरोपीलाई लखीसरायबाट पक्राउ गर्न सफल भएको जनाएको छ। साथै, घटनामा प्रयोग गरिएको स्कार्पियो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।