काठमाडौं । पृथ्वी राजमार्ग कार्तिक १६ गते तीन घण्टा बन्द हुने भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले तीन घण्टा पूर्ण रूपमा राजमार्ग बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।
हान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने सूचनामा उल्लेख छ ।












प्रतिक्रिया