१५ कार्तिक २०८३, आइतबार

ज्ञानेश कुमारले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने इन्डिया गठबन्धनको घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतका विपक्षी दलहरूको गठबन्धन इन्डियाले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने घोषणा गरेका छन् ।

आइतबार रामलीला मैदानमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव लगायतले यस्तो घोषणा गरेका हुन् ।

कंग्रेस नेता एवं लोक सभामा विपक्षी दलका नेता राहुल गान्धीले नोभेम्बर १ का दिन रामलीला मैदानमा ‘भोट बचाओ देश बचाओ’ र्‍यालीको घोषणा गरेका थिए । सोही कारण आज हजारौं मानिस मैदानमा भेला भएका छन् ।

भेलालाई सम्बोधन गर्दै कांग्रेस अध्यक्ष खर्गेले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले युवा, महिला र दलितहरूको मत खोस्ने प्रयासको विरोध गर्न हामी यहाँ भेला भएका छौँ ।’

उनले थप भने, ‘प्रधानमन्त्री मोदीले आफ्नो चेला स्थापित गर्नुभएको छ र सबैको मत विभाजन गर्ने काम गरिरहनुभएको छ । हामी आज यहाँ त्यो ज्ञानेश कुमारलाई हटाउन आएका छौँ । उहाँलाई नहटाएसम्म हामी रोकिने छैनौँ ।’

खर्गेले भने ज्ञानेश कुमार भूमिगत भए पनि उनलाई बाहिर निकाल्ने चेतावनी दिए ।

‘प्रधानमन्त्री मोदी, तपाईं मानिसहरूलाई धम्काउन सीबीआई र ईडी प्रयोग गर्नुहुन्छ । तपाईंले यी एजेन्सीहरू प्रयोग गरिरहनुभएको धम्कीबाट हामी डराउने छैनौँ ,’ उनले भने ।