१२ कार्तिक २०८३, बिहिबार

न्यायाधीस फुयाँलको स्पष्टीकरण- म बाट न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य भएको छैन

विसङ्गतिको फाइदा उठाएर भएका कार्यहरू राज्यको जानकारीमा आएको र तिनको अनुसन्धान भइरहेको छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्यायपालिका र आफ्नो सम्बन्धमा सार्वजनिक भएका विवरण तथा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले न्यायपालिकामा देखिएका विचलनसम्बन्धी अनुसन्धानमा पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका हुन्।

बिहीबार जारी वक्तव्यमा न्यायाधीश फुयालले स्वतन्त्र, निष्पक्ष र सुशासनयुक्त न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको उल्लेख गरेका छन्। न्यायक्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसङ्गतिको फाइदा उठाएर भएका कार्यहरू राज्यको जानकारीमा आएको र तिनको अनुसन्धान भइरहेको उनको भनाइ छ।

आफूबारे सार्वजनिक भएका विवरणलाई न्यायक्षेत्रको समग्र अस्थिरता र असुरक्षाको सन्दर्भबाट समेत हेर्न आग्रह गर्दै उनले न्यायिक विचलन, निष्ठा तथा नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने कुनै काम आफूबाट नभएको दाबी गरेका छन्।

अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी भ्रमपूर्ण र अर्धसत्य विवरण सार्वजनिक गरिएको भन्दै उनले दुःख व्यक्त गरेका छन्। साथै, न्यायपालिकाप्रतिको जनविश्वास कायम राख्न सम्पूर्ण न्यायकर्मीलाई आग्रह गरे।

फुयालले २०८३ कात्तिक १२ गते जारी गरेको वक्तव्यमा अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।