काठमाडौं । डा. गोविन्द केसीले फेरि सत्याग्रह थालेका छन् ।
डा. केसीले बिहीबार साँझ ५ बजेदेखि इलामस्थित नारायण मन्दिरमा सत्याग्रह सुरू गरेको घोषणा गरेका हुन्। यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै उनले फेरि सत्याग्रह सुरू गरेका हुन् ।
डा. केसीले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र प्राज्ञिक जनशक्तिबिनै एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको निर्णय खारेज गर्नुपर्ने, मापदण्ड पूरा नगरी विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णयसमेत खारेज गर्नुपर्ने लगायतका माग उनले राख्दै आएका छन् ।
सरकारले माग पूरा गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरी आफूलाई पटक–पटक झुक्याउँदै आएको उनको भनाइ छ।
डा। केसीले न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने र मापदण्डविपरीत विभिन्न कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।
त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी उनीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे उच्चस्तरीय निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। छानबिनबाट दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।














प्रतिक्रिया