काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो ।
जितका लागि पाएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जोडे।यी दुबै ब्याटरले ७४ रनको साझेदारी गरे।
पोखराका धनन्जय लक्षन,सकिब अल हसन र मेहदि हसनले १/१ विकेट हात पारे।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन बनायो।
जसमा अर्जुन घर्तीले सर्वाधिक ४० र मेहदि हसनले ३२ रनको योगदान गरे। सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिए।
नेपाल क्रिकेट सङ्घको आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।















प्रतिक्रिया