काठमाडौं । उपभोग्य वस्तुहरू उत्पादन गर्ने अग्रणी कम्पनी मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक पहल ‘एक एक पाइला’सँगको सहकार्यलाई निरन्तरता दिएको छ । यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको हेरचाहका लागि सहयोग पुर्याइनेछ ।
पछिल्लो सहकार्यअन्तर्गत प्यारासुट एडभान्स्ड बेबीले उपत्यकाका सरकारी तथा निजी अस्पतालहरूमा १५ हजार थान बेबी केयर उत्पादनहरू वितरण गरेको छ । वितरण गरिएका उत्पादनमा प्यारासुट एडभान्स्ड बेबी रिफ्रेशिंग पाउडर, नरिशिंग क्रिम र नरिशिंग सोप प्रत्येकका ५ हजार थान रहेका छन् ।
शिशु जन्मिएपछिका सुरुवाती दिनमा परिवारलाई शिशु हेरचाहका सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको त्वचाको उचित हेरचाहबारे जनचेतना अभिवृद्धि गर्नु यस पहलको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
एक एक पाइलाका व्यवस्थापक अशोक पाण्डेले भने, “प्यारासुट एडभान्स्ड बेबीसँगको निरन्तर सहकार्यका कारण हामीले उपत्यकाका विभिन्न अस्पतालमा पुगेर बेबी केयर उत्पादनहरू परिवारसम्मै पुर्याउन सकेका छौँ । यो पहलको निरन्तरताले गर्दा परिवारहरूमा नवजात शिशुको उचित हेरचाहको महत्त्वबारे सचेतना बढ्दै गएको पाउँदा खुसी लागेको छ ।”
यस पहलको उद्देश्यबारे मारिकोले भन्यो, “प्यारासुट एडभान्स्ड बेबीमार्फत हामी हरेक अभिभावकको यात्रामा पहिलो दिनदेखि नै विश्वासिलो साथी बन्न चाहन्छौं । हामी एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिँदै परिवारहरूलाई नवजात शिशुको स्वास्थ्य र स्याहारमा सहयोग गर्ने सुरक्षित र कोमल उत्पादनहरू सहजै उपलब्ध गराउन चाहन्छौँ ।”
क्लिनिकल परीक्षणबाट प्रमाणित प्यारासुट एडभान्स्ड बेबी उत्पादन श्रृंखलामा छालालाई नरम र ओसिलो राख्न नरिशिंग क्रिम र लोशन, मुलायम ढंगले सफा गर्न टियर-फ्री श्याम्पू, भिटामिन ई र एफयुक्त मसाज तेल, रिफ्रेशिंग पाउडर, नरिशिंग सोप तथा हालै बजारमा उपलब्ध गरिएको आल्मोन्ड मिल्क र ओलिभ ओइलयुक्त जेन्टल वाइप्स समावेश रहेको कम्पनीले जनाएको छ ।
यो सहकार्य आगामी दिनमा पनि काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालमा नवजात शिशु र साना बालबालिकासम्म पुग्ने बताइएको छ ।















प्रतिक्रिया