११ कार्तिक २०८३, बुधबार

प्रहरी संगठनभित्रका ‘धमिरा’प्रति आक्रोशित बने आईजीपी, नामै किटेर केही अधिकृतलाई हप्काए

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले जिम्मेवारीबाट हटाउने प्रयास गरिरहेको चर्चाबीच प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रहरी संगठनभित्र अनुशासनहीन गतिविधि गर्ने केही अधिकृतप्रति आक्रोशित बनेका छन् ।

प्रहरी प्रधान कार्यालयबाट देशभरका कार्यालय प्रमुखलाई चाडपर्व लक्षित भर्चुअल निर्देशन दिने क्रममा आईजीपी कार्कीले संगठनभित्र अनुशासनहीन गतिविधि गर्ने केही अधिकृतलाई नामै किटेर हप्काएको दाबी गरिएको छ ।

पछिल्ला दिनहरुमा प्रहरी संगठनभित्रकै केहीले व्यवसायिक मर्यादा बिर्सेर आईजीपीविरुद्ध मिडियाबाजी गर्ने, बेनामी उजुरीहरु पठाउने र प्रधानमन्त्रीको सचिवालयसम्म झुटा कुरा लगाएर नजिक हुन खोज्ने प्रवृति बढेको चर्चा छ ।

आजको बैठकमा आईजीपी कार्कीले सञ्चारमाध्यममा संगठनविरुद्ध अतिरञ्जित सूचना फैलाउने र आन्तरिक विषय बाहिर लैजाने प्रवृत्तिले प्रहरी संगठन कमजोर बनाउने चेतावनी दिएको सहभागी एक अधिकृतले बताए ।

ति अधिकृतका अनुसार, संगठनभित्रकै केही व्यक्तिको चलखेल र अनुशासनहीन गतिविधिप्रति कार्की बैठकमा निकै आक्रोशित देखिएका थिए ।

आईजीपी कार्कीले चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनमा केन्द्रित हुन निर्देशन दिए ।

दशैंको सुरक्षा व्यवस्थापन सवारी दुर्घटनाबाहेकका विषय सन्तोषजनक रहेको उल्लेख गर्दै उनले दीपावली, म्हः पूजा, नेपाल संवत्, छठ र ल्होसारको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए ।

ति अधिकृतका अनुसार आईजीपी कार्कीले संगठनका केही व्यक्तिले अफवाह फैलाउने, बेनामी उजुरी दिने र विभिन्न निकायमा झुटा सूचना पुर्‍याउने गरेको आरोप समेत लगाएका थिए ।

उनले बर्दीभन्दा बाहिर पनि संसार रहेको उल्लेख गर्दै सबैका गतिविधि निगरानीमा रहेको आईजीपी कार्कीको भनाइ थियो ।

यो पनि

प्रहरी प्रमुख कार्कीलाई हटाउने प्रपञ्चमा बालेन सरकार