२८ आश्विन २०८३, बुधबार

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी रहेको छ ।

समितिको बैठक बुधबार बिहान साढे ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा सुरु भएको हो ।

बैठकमा लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि प्रस्तावित डा. मंचलाकुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित जीज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारको सुनुवाइ भइरहेको छ ।