२८ आश्विन २०८३, बुधबार

दशैँभर बीपी र अरनिको राजमार्गमा टिपर चलाउन रोक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । दशैंँभर वीपी र अरनिको राजमार्गमा टिपर चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलले सूचना जारी गर्दै जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो ।

जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार असोज ३१ देखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्नरनगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए।

राजमार्गमा हुने सवारीसाधनको चापलाई मध्यनजर गर्दै सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।