२८ आश्विन २०८३, बुधबार

रास्वपाको पार्टी कार्यालयका लागि घरजग्गा खोजी, निकाल्यो प्रस्तावसम्बन्धि सूचना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ। सत्तारूढ रास्वपाले पार्टी कार्यालयका लागि घर जग्गा खरिदसम्बन्धी प्रस्ताव माग गरेको छ ।

‎पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने असोज १७ को केन्द्रीय समितिको निर्णयबमोजिम घररजग्गा खरिद गर्न लागिएको जनाएको हो।
‎
‎आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा ‌ पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक परेको हुँदा, देहायका सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनीरजग्गाधनीहरूबाट सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र प्रस्ताव पेस गर्न रास्वपाले आह्वान गरेको छ ।