–एपीएफ
इस्लामावाद, ३ असार । पाकिस्तान सरकारले त्यहाँका तालिवानका विरुद्धमा सुरु गरेको आक्रामक कारबाही मङ्गलबार तेस्रो दिनपनि जारी रहेको छ ।
पाकिस्तानी तालिवानहरुले गत हप्तामात्र पाकिस्तानको कराँची विमानस्थलमा आक्रमण गरी दर्जनौँ व्यक्तिको हत्या गरेपछि पाकिस्तान सरकारले त्यहाँका तालिवानहरुका विरुद्ध कारबाही थालेको हो ।
सो कारबाहीका क्रममा कयौं तालिवान मारिएको समाचारमा जनाइएको छ । सरकारले तालिवानका विरुद्धमा सुरु गरेको सो बारबाहीका क्रममा तीन दिनमा कम्तीमा पनि १९० जना तालिवान मारिएका बताइएको छ ।
सरकारी सेनाले तालिवानहरुको सम्भावित आश्रयस्थलका साथै सबै सम्भावित क्षेत्रहरुमा आक्रमण गरिरहेको छ । कारबाही निरन्तर रहेको एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् ।
सम्भावित क्षेत्रहरुमा तालिानहरुको खोजीगरी उनीहरुका आश्रयस्थलहरु पनि भत्काउने योजना सरकारी सुरक्षा समूहको रहेको बताइएको छ ।
यसरी जारी गरिएको कारबाहीपछि पाकिस्तानका तालिवानहरु पूर्वी अफगानिस्तानतर्फ भागेको आशङ्का पाकिस्तानी सेनाले गरेको छ ।
सेनाका अनुसार पाकिस्तानका तालिावनहरुका सम्भावित कयौं आश्रयस्थलका साथै उनीहरुले हत्या हिंसा मच्चाउने र हतियार बनाउने कारखानाहरुमा पनि खोजी गरिएको छ ।
सो खोजीपछि तालिवानहरु भाग्नसक्ने सम्भावनाका कारण अफगानिस्तानको पूर्वी क्षेत्रको सीमा बन्द गर्नका लागि पाकिस्तानले अफगानिस्तानसँग आग्रह गरेको छ ।
पाकिस्तानी प्रधानमनन्त्री नवाज शरिफले अफगानिस्तानका राष्ट्रपति हमिद कारजायीलाई देशको सीमा क्षेत्रमा कडाई गर्न आग्रह गरेका छन् ।
कारबाहीका क्रममा त्यहाँ मङ्गलबार मात्र कम्तीमा पनि १३ जना तालिवानको ज्यान गएको छ । कारबाही अझै केही दिन जारी रहने बताइएको छ ।













प्रतिक्रिया