२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढी : हालसम्म १ हजार ४५६ जनाको शव फेला (अपडेट)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ५ बजे सम्म १ हजार ४५६ जनाको शव फेला परेको छ ।

रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५४ जनाको शव फेला परेको हो । साथै, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ शव व्यवस्थापन (माटोमुनि सुरक्षित राखिएको) गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ७७ गरी कुल ३ हजार ४०७ वटा डिएनए नमुना संकलन गरिएको छ । साथै, पहिचान नभएको १ हजार ४३० शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।

हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ ।

यसैगरी, विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २४० जना व्यक्तिहरूलाई राखिएको छ ।