२८ आश्विन २०८३, बुधबार

दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

घाइते ९ जनाको उद्धार गरी कावासोतीस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

कोहलपुरबाट काठमाडौंका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस आज बिहान पौने ४ बजे दाउन्नेमा ब्रेक फेल भएर सडकछेउको नालामा पल्टिएको थियो ।