३० आश्विन २०८३, शुक्रबार

नेप्सेले अहिलेसम्मका सबै रकर्ड तोड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

stock-marketकाठमाडौँ, ३ भदौ । पछिल्ला दिनमा निरन्तर उकालो लागेको नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ ।

विसं २०६५ भदौ १५ गतेको ११७५ बिन्दुको ‘रेकर्ड’ तोडेर नेप्सेले हिजो ११९१.९२ बिन्दुमा पुगेको थियो ।

आज पनि बजार खुलेदेखि निरन्तर उकालो लागेको नेप्से १२ः३० बजे १२२१ बिन्दुमा पुगेर अर्को इतिहासकै नयाँ रेकर्ड बनाएको छ । त्यसपछि ओरालो लागेको नेप्से बजार बन्दहुँदासम्म फेरि नौ अङ्कले बढेर १२०० बिन्दुमा पुगेर रोकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेका अनुसार १४५ कम्पनीका १६ लाख १२ हजार २६४ सेयर पाँच हजार ७२० पटकको कारोबारबाट रु ७७ करोड ३१ लाख ४४ हजार ८७५ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा बुधबार १३९ कम्पनीका १२ लाख २३ हजार १६ सेयर चार हजार ४९७ पटकको कारोबारबाट रु ६६ करोड ७७ लाख नौ हजार १६७ बराबरको कारोबार भएको थियो । संविधान निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढेका कारण लगानीकर्ता विश्वस्त भएर पुँजी बजारमा लगानी गरेकाले पनि परिसूचक उच्च बिन्दुमा पुगेको बताइएको छ । रासस