३० आश्विन २०८३, शुक्रबार

कस्तो रहला आज दिनभरको मौसम ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आज र भोलि पश्चिमी न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशास्त्रका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भू–भागका थोरै स्थानमा, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

राति भने देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराई भू–भागका केही स्थानमा बिहानपख हुस्सु/कुहिरो लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा बिहानपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।