३० आश्विन २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ३ अर्ब ४५ करोड घाटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जानकारी दिएको छ ।

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि हाल कायम साविककै बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।

निगमले आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरिएको जनाएको छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ३ अर्ब ४५ करोड ८१ लाख घाटा हुने जानकारी दिएको छ ।