२८ आश्विन २०८३, बुधबार

आत्मदाह गरेका चालक अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको गेटमा धर्नामा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङकी आमा माइलीमाया दोङ छोराको लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेटमा धर्नामा बसेकी छन् । सरकारले आफ्नो छोराको परिवारका सदस्यको भविष्यबारे कुनै निर्णय नगरेको उनले दुखेसो व्यक्त गरिन् ।

गत असोज ५ गते त्रिपुरेश्वरमा रिद्धिसिद्धि बसमा आगजनी गरेका दोङको भोलिपल्ट मृत्यु भएको थियो । ट्राफिक प्रहरीसँगको झडपपछि उनले आक्रोशमा आफैँले चलाएको बसमा आगजनी गरेका थिए । उक्त आगजनीमा परेर गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा अर्जुनको शव परिवारले अहिलेसम्म बुझ्न मानेको छैन । घटनाको दुई साता हुँदासमेत सरकारले कुनै चासो नदेखाएपछि पीडित परिवारका सदस्य न्याय माग्दै सिंहदरबारको ढोकामा पुगेका हुन् ।