२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति पौडेलले गरे कुमारीको दर्शन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवीत देवी कुमारीको दर्शन गरेका छन् ।

मंगलबार राति राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको दर्शन गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले जीवीत देवी कुमारीबाट टीका, फुल र प्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित न्यूरोडस्थित जुद्ध शमशेरको सालिकदेखि कुमारी घरसम्म पैदल यात्रा गरेका थिए ।