९ कार्तिक २०८३, सोमबार

भैरहवामा गोली चल्यो, केही प्रदर्शनकारी घाइते (फोटोफिचर सहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band (3)

भैरहवा, ३ भदौ । संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवा अहिले तनावग्रस्त छ ।

आन्दोलनमा उत्रिएका बन्द आह्वानकर्ता शान्तिपूर्ण आन्दोलन छाडी तोडफोड र आगजनीमा उत्रिएपछि भैरहवाको स्थिति तनावपूर्ण बनेको हो । बन्दकर्ताले भैरहवाका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन् ।

आन्दोलनकारीले भैरहवाको सिटी हस्पिटलसहित आधा दर्जनभन्दा बढी होटल र बसमा तोडफोड गर्नुका साथै मोटरसाइकल जलाएका छन् । उनीहरुले भैरहवाको कासी सिनेफेलेक्स, नान्स होटल, होटल क्यास्टललगायतका होटलका सिसा फोडिदिएका छन् । त्यसैगरी रुपन्देहीको बेलहियामा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

बन्दकर्ताले बेलहियाका स्थानीय व्यवसायीहरुका सामान तोडफोड गर्न खोजेपछि स्थिति सामान्य बनाउन चारवटा अश्रु ग्यास र दुईवटा रबर बुलेट प्रहार गरेको प्रहरीले जनाएको छ । आन्दोलनमा दुईजना गम्भीर र ४/५ जना सामान्य घाइते भएको प्रहरी स्रोतले जनाएको छ । बेलहियामा अहिले पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ । रासस

 

Band (1) Band (2)  Band (4)

तस्वीर : विवेक विश्वकर्मा