९ कार्तिक २०८३, सोमबार

रौतहटमा मधेशी मोर्चाको प्रदर्शन, बन्दले जनजीवन प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

band

– शैलेन्द्र कुमार गुप्ता
रौतहट, ३ भदौ । आज छेठौ दिन पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दको कारण रौतहटको जनजीवन कष्टकर बन्दै गएको छ ।

विगतमा चार दलले गरेको २२ बुँदे र ८ बुँदे सम्झौताको विपरित सिमांकन र पहिचान सहितको संघीयताको उल्लंघन गरी मुलुकलाई प्रतिगमन तर्फ धकेलेको आरोप लगाउँदै अनिश्चितकालीन बन्दको आह्वान गरेका हो ।

यसै क्रममा निर्माण व्यवसायी संघ रौतहटले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्द प्रति एक्यबद्धता जनाउँदै आज रौतहटमा मोटरसाईकल ¥याली निकालेका छन् । उक्त ¥याली रौतहटको सदरमुकाम गौरको राईस मिलबाट गौर नगरपालिकाको परिक्रमा गर्दै जिल्लाभरी ¥याली गरेका थिए भने बन्दप्रति गौर नगरपालिका कर्मचारी एशोसिएशनले समेत एक्यबद्धता जनाउँदै कामकाज ठप्प पारेका छन् ।

बन्दका कारण आजपनि रौतहटबाट चल्ने लामो तथा छोटो दूरीको सवारीका साधन चल्न सकेको थिएन भने सम्पूर्ण सरकारी कार्यालयहरुमा सेवाग्राहीहरु उपस्थिति न्यूनदेखिएको थियो र शैक्षिक संस्था व्यापार एवं कलकारखाना समेत बन्द भएपछि सेवाग्रहीहरु मार्कामा परेका थिए ।