२८ आश्विन २०८३, बुधबार

मनकामना जाने सडक प्रभावित भए पनि केबलकार सेवा सञ्चालनमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनकामना पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन केही प्रभावित भएको छ । यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा रहेको जनाइएको छ ।

पहिरोका कारण सवारी साधनलाई साविकको पार्किङ स्थलसम्म पुग्न रोक लगाइएको छ । पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ । त्यहाँबाट पैदल मार्ग हुँदै अगाडि जान सकिनेछ ।

मौसम अनुकूल हुनासाथ सडक मर्मत कार्यलाई तीव्रता दिइने जनाइएको छ ।

सडकमा समस्या भए पनि भक्तजनले मनकामना पुगेर दर्शन गर्न सक्ने र केबलकार सेवा सुरक्षित रूपमा सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ ।

यात्रु तथा भक्तजनलाई आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरिएको छ ।