२८ आश्विन २०८३, बुधबार

थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार, सशस्त्र प्रहरीको माइकिङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ । लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली क्षेत्रमा जल सतह सतर्कता तह पार गरेको हो।

नदी किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा अझै जारी रहेकाले बागमती नदीको जल सतह थप बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।

शस्त्र प्रहरीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान, साथै बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूमाथि विशेष निगरानी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

विपद् तथा आपतकालीन अवस्था आइपरेमा सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नम्बर १११४ तथा आपतकालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।