९ कार्तिक २०८३, सोमबार

निर्माणाधीन घरको छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gharसुरुङ्गा (झापा), ३ भदौ । झापाको बिर्तामोडमा आज बिहान निर्माणाधीन घरको छतबाट झरेर एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको विहार घर भएका ३५ वर्षीय मोहमद कालिन रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनी बिर्तामोड नगरपालिका–६ स्थित सुब्बा चोकमा भानु सिवाकोटीको निर्माणाधीन घरको दुईतला माथिबाट झरेको प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो । रासस