२८ आश्विन २०८३, बुधबार

न्यूयोर्क पुगे परराष्ट्रमन्त्री खनाल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल न्यूयोर्क पुगेका छन् ।

परराष्ट्रमन्त्री खनाललाई जेएफके अन्तरर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, महावाणिज्यदूत दधिराम भण्डारीलगायत नियोगका कर्मचारीले स्वागत गरेका थिए ।

मन्त्री खनालले नेपालले आयोजना गर्ने ‘एभरेष्ट टु द सी’ साइडलाइन बैठकको नेतृत्व गर्नेछन् ।

उनले विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

मन्त्री खनालका साथ परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल लगायत छन् ।