रुपन्देही, ३ भदौ । रुपन्देहीको मैनहियामा खोलामा गत बिहीबार भेटिएको बालकको शव एक हप्तासम्म पहिचान हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ११/१२ वर्ष उमेरका देखिने मैनहिया–१ मनधरास्थित तिनाउ खोला किनारमा फेला परेको शवको अझै सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार रातो, पहेँलो, खैरो एस्ट्रो ब्वाय लेखिएको टिसर्ट लगाएका तथा बायाँ खुट्टाको तिघ्रामा तीन इन्च लम्बाइको पुरानो पोलेको जस्तो खत देखिने बालकको अहिलेसम्म पहिचान भएको छैन ।
बालकको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ । रासस















प्रतिक्रिया