काठमाडौं, ३ भदौ । काठमाडौंको बबरमहलमा बुधबार साँझ अर्को खतरनाक दुर्घटना भएको छ।
नयाँ वानेश्वरबाट माइतीघरतर्फ आइरहेको बा ३ प ६८३२ नम्बरको मिनी ट्रकले बा ५६ प ४५२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
दुर्घटनामा स्कुटर चालक ध्रुव केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै बेहोस भएका उनलाइ अन्नपूर्ण न्यूरो अस्पताल पुराइएको थियो । लगत्तै डाक्टरले उनलाइ मृत घोषित गरे।
ट्रकले ठक्कर दिएको स्कुटर कच्याकुचुक भएको छ । ट्रकले डिभाइडरको रुपमा लाएको स्टिलको बार भत्काएर स्कुटरलाई पेल्दै लेनको भित्तामा पुराएको प्रत्यक्षदर्शीले जनाएका छन् । ट्रकले किचेको स्कुटर चिन्न गाह्रो छ ।















प्रतिक्रिया