काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ नयाँबस्तीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
सोमबार बिहान साढे ४ बजेको समयमा मधेश प्रदेश ०३–००१ख ९०६८ नम्बरको टेलर गाडी अनियन्त्रित भएर सडकदेखि १० फिट तल खोलमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट स्याउ लोड लिएर काठमाडौंतर्फ आउँदै गरेको गाडी चालक निदाएको कारण अनियन्त्रि पल्टिँदा चालक र सहचालक घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरका २५ वर्षीय नरेश महतो र सोही ठाउँका सहचालक २८ वर्षी रमेश कुशवाह रहेका छन् ।
दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया