२८ आश्विन २०८३, बुधबार

संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ : रवि लामिछाने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लामिछानेले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको करार भएको बताए । उनले संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक जीवनमा अनुभूत हुनुपर्नेमा जोड दिए ।

‘हामीलाई थाहा छ, संविधान एक जीवन्त दस्तावेज हो । यसका अन्तर्वस्तु राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा परिष्कृत हुन सक्छन्, संशोधन हुन सक्छन् । संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ । तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ ।’ उनले भनेका छन् ।

उनले बेथिति र कमजोरी सच्याउँदै लोकतन्त्र तथा समावेशितालाई थप बलियो बनाउन विवेकपूर्ण बहस आवश्यक रहेको बताए । बलियो राज्यका लागि बलिया संस्था आवश्यक रहेको उल्लेख गर्दै लामिछानेले राजनीतिक शक्ति, राज्यका अंग र आम नागरिकलाई साझा एजेन्डामा एकताबद्ध हुन आह्वान गरेका छन् ।