भक्तपुर । काठमाडौंबाट जडिबुटी हुँदै भक्तपुरतर्फ आउँदै गरेको ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट जडिबुटी हुँदै भक्तपुर आउने क्रममा सोही दिशातर्फ गइरहेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक एवं मृतक कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका छन् ।
दुर्घटनापछि प्रहरीले ट्यांकर चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया