२८ आश्विन २०८३, बुधबार

किस्पाङ गाउँपालिकाका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश, तर रिहा भने नहुने

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

बैंकिङ कसुरको आरोपमा सोमबार सिंहदरबारबाटै पक्राउ परेका तामाङलाई काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, उनीमाथि अन्य मुद्वा पनि रहेकाले रिहा भने नहुने भएका छन् ।

अन्य मुद्वाको अनुसन्धानका लागि प्रहरीले उनलाई पुन हिरासतमा लिने तयारी गरेको हो । उनीविरूद्व अझै ९ वटा मुद्दा बाँकी रहेका छन् ।