२८ आश्विन २०८३, बुधबार

राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार पक्राउ परेका छन् ।

शनिबार दिउँसो संवाद डबलीमा समसामयिक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझ ५ः४५ बजे अनामनगरमा प्रहरी परिसर भद्रकालीबाट आएको टोलीले उनलाई पक्राउ गरेको हो ।

परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई पक्राउ गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले बाढीपीडितलाई राहतभन्दा आहत दिएको प्रतिक्रिया दिएका थिए ।

यसअघि जेठ १५ गते विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनलाई प्रहरी परिसर भद्रकालीले गिरफ्तार गरेको थियो । त्यसको एक हप्तापछि सर्वोच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी रिहा भएका थिए ।