– महेश केसी
रुकुम, २ भदौं । रुकुममा एक महिलाले बन्चरो प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
जिल्लाको कोटजहारी गाविस–४ मेलैनाउली वस्ने गौरीले वादीले श्रीमान वुद्धी वादीको हत्या गरेकी हुन् । राती मस्त निन्द्रामा सुतिरहेको अवस्थामा श्रीमतिले बन्चरो प्रहार गरेर बुद्धीको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न गौरीलाई ईलाका प्रहरी कार्यालय चौरजहारीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोट लगिएको छ । मृतकका २ छोरा र १ छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया