काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य सम्पन्न भएको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि सर्वसाधरणका लागि आवतजावतमा समस्या भएको थियो ।

सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो ।
नयाँ पुल जडान भएसँगै आजदेखि पैदल यात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने भोलिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउनेछ ।
यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्णरूपमा विच्छेद भएको थियो ।
सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयबासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ ।













प्रतिक्रिया