९ कार्तिक २०८३, सोमबार

सिकलसेल एनिमिया रोगका बिरामीलाई निःशुल्क उपचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sickle_cell_anemia-01बाँके, २ भदौ । पश्चिम नेपालका सिकलसेल एनिमिया रोगका बिरामीलाई भेरी अञ्चल अस्पतालले निःशुल्क उपचार सेवा सुरु गरेको छ ।

आर्थिक अभावका कारण गरिब तथा विपन्न परिवारका सिकलसेल रोग लागेका बिरामीले उपचार सेवा पाउन सकेका थिएनन् ।

गरिब तथा विपन्न बिरामीको उपचारका लागि सो अस्पतालले एक लाखसम्मको औषधिलगायत अन्य उपचारमा लाग्ने खर्चहरू निःशुल्क उपलब्ध गराउन सुरु गरेको जनाएको छ ।

उपचार सेवा सुरु गरेपछि सिकलसेलका बिरामी अस्पतालमा सम्पर्कमा आउने क्रम दिनहुँ बढ्दै गएको छ ।

हालसम्म ८० जना बिरामी अस्पतालको सम्पर्कमा आइसकेका छन् । भेरी अञ्चल अस्पतालले सिकलसेलको उपचारका लागि तीन दक्ष चिकित्सकसहितको स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको जनाएको छ ।

सिकलसेलका बिरामीको उपचारका लागि छिट्टै छुट्टै वार्डसमेत सञ्चालन गर्ने तयारीमा अस्पताल जुटेको छ । पश्चिम नेपालका तराईका जिल्लामा बसोबास गर्ने आदिवासी, थारू समुदायमा सिकलसेलका हजारौँ बिरामी छन् । रासस