९ कार्तिक २०८३, सोमबार

वीरेन्द्रको सम्पत्ति छानबिन होला त ? सुसारकै नाममा ४ अर्ब लुकाइयो !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

king-Birendraकाठमाडौं १, भदौ । राज दरबारभित्रै मारिएका नेपालका पूर्वराजा विरेन्द्र शाहको सम्पत्ति अहिले पनि छानविनकै प्रक्रियामा छ ।

पूर्वराजपरिवारको अथाह सम्पत्ति, जग्गा जमिनको एकीन विवरण अहिलेसम्म बाहिर आएको छैन् र कसैले पनि पत्तो लगाउन सकेको छैन् । २०५८ मा पूरै परिवारसहित मारिएका तत्कालीन राजा स्व. वीरेन्द्र शाह र उनको परिवारका नाममा भएको सम्पत्ति गणतन्त्र घोषणापछि नेपाल सरकारको नाममा सारिएको छ । त्यो सम्पत्तीलाई नेपाल ट्रष्टका नाममा कायम पनि गरियो ।

नेपाल ट्रष्टमा आएको सम्पत्ती बाहेक पूर्व राजपरिवारसँगै थुप्रै सम्पत्ति रहेको बताइन्छ, जो विरेन्द्रका परिवारले सुसारे र अरु विश्वासिला ब्यक्तिका नाममा लुकाएको आशंका गरिन्छ । यसैक्रममा २०५२ जेठदेखि २०५९ सम्म तत्कालीन अधिराजकुमारी कोमल शाहको सुुसारे बसेकी नन्दा मल्लका नाममा ४ अर्ब रुपैयाँको सम्पत्ति रहेकाले छानबिन गर्न माग गर्दै २०७२ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अख्तियारमा अकूत सम्पत्ति आर्जनमा छानबिन गर्न माग गर्दै उजुरी दिए पनि स्रोत नखुलेको सम्पत्ति छानबिन गर्ने निकाय सम्पत्ति शुद्धिकरण नियन्त्रण विभाग हो । तर, अख्तियारमा दर्ता नम्बर १२१६७ उजुरीको परेपछि सम्पत्ति लुकाइएको बढेको हो । उजुरीमा उल्लेख छ–‘गरिबीका कारण सुसारे बसेकी नन्दाले सात बर्षमा ४ अर्ब रुपैयाँ सम्पत्ति कसरी आर्जन गरिन् छानबिन गरियोस् ।’

अख्तियारमा परेको उजुरीमा नन्दाको नाममा काठमाडौंको बुढानीलकन्ठमा २५ रोपनी जग्गा र ८ वटा घर रहेका छन् । जग्गा र घर नन्दा मल्ल, लक्ष्मी सिंह, सावि सिंह, लालबहादुर मल्ल, बखत सिंह, रणबहादुर सिंह, अभिनाष उप्रेतीको नाममा छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धरामा सात रोपनी जग्गा र सो जग्गामा बनेका चार वटा घर नन्दा मल्लकै नाममा छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १७ स्थित १० कट्ठा ३ धुर र एउटा घरसमेत छ । सुर्खेतको विनपामै बखत सिंहको नाममा १० कट्ठा ३ धुर, नन्दा मल्लको नाममा १० कट्ठा र अनिपाल मल्लको नाममा १५ कट्ठा जग्गा र एउटा घर रहेको छ । वीरेन्द्रनगर नगरपालिका १७ मै कर्णबहादुर मल्लको १० कट्ठा जग्गा र एउटा घर छ । अनिपाल मल्लको नाममा बाँकेको कोहलपुरमा पनि जग्गा रहेको उजुरीमा उल्लेख छ ।

मधुविक्रम मल्ल, नन्दा मल्ल, पद्मबहादुर मल्ल, बखतबहादुर सिंह, रणबहादुर सिंह, गणेशबहादुर मल्ल, लालबहादुर मल्ल,बालसरा मल्ल, भूमि मल्ल, अभिनाष उप्रेती, अनिपाल मल्ल कर्णबहादुर मल्लहरुका नाममा सुनचाँदी, हिरा मोतीलगायतका बैंकब्यालेन्स प्रशस्त रहेको हुँदा सो समेत विभिन्न बैंकहरुमा खोजी गर्न उजुरीमा माग गरिएको अख्तियार स्रोतले जनायो ।