काठमाडौं, १ भदौं । अहिले नेपाल प्रहरीले एमालेका कार्यकर्ताहरुलाई धमाधम फसाउन थालेको छ । यूवा संघका सचिवालय सदस्य अमित लामासहितका नेतालाई यतीबेला प्रहरीले थुनामा राखेर फसाउन खोजिरहेको छ ।
दरबारमार्गमा हालै सञ्चालनमा आएको भिक्ट्री लाउन्स नामक डिस्कोमा भएको सामान्य विवादलाई लिएर उनलाई थुनामा राखेर प्रहरीले फसाउन खोजेको स्रोतले बतायो । शुक्रबार राति रमाइलो गर्न उक्त डिस्कोमा छिर्न खोजेका उनलाई बारका सञ्चालक राम गिरीले जातीय कुरा निकालेर गाली गरी गेटमै रोकेका थिए ।
त्यसपछि आक्रोशमा आएका लामाले गिरीलाई गाली गरेका थिए । सोही विषयलाई लिएर गिरीले लामालाई डान्सबारबाटै पक्राउ गराएका हुन् । नेता लामालाई नभएका घटनाको सार्वजनिक अपराध मुद्दा लगाएर थुनामा राखिएको स्रोतले बतायो । गृहमन्त्री, उद्योगमन्त्री लगायतले छोड्न निर्देशन दिएपनि प्रहरीले रिहा गर्न मानेको छैन ।
दरबारमार्ग वृत्तका डिएसपी रमेश बस्नेतले गुण्डागर्दी गरेको अभियोग लगाई उनलाई म्याद थपेर थुनामा राखेका हुन् । लामालाई फसाउन डान्सबार सञ्चालक गिरीले प्रहरी अधिकारीसँग सेटिङ मिलाएको स्रोत बताउँछ ।
यसअघि राजकुमार सिलवाल दरबारमार्गको डिएसपी हुँदा समेत उनलाई गिरीले नै पक्राउ गराएका थिए । गिरीले आफुविरोधीहरुलाई प्रहरी प्रयोग गरी पक्राउ गराउने गरेका छन् ।















प्रतिक्रिया